Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै निगमविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै नेपाल आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् ।

केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ ।

निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077