काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताएकी छन् ।
परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
नेपाली समाजमा आमाको दूध दान गर्ने कार्य पुरानो अभ्यास भएपनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उनले प्रशंसा गरिन् ।
अमृत कोषको स्थापनाले नेपालबाट मातृ तथा शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । साथै स्तनपानको महत्वबारे जनचेतना फैलाउन सम्बन्धित निकाय अगाडि बढ्ने प्रति विश्वास व्यक्त गरिन् ।
Leave a Reply