Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयकमाथि अनावश्यक चर्चापरिचर्चा नगरौं : गृहमन्त्री खाँण

    नागरिकता विधेयकमाथि अनावश्यक चर्चापरिचर्चा नगरौं : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कानुन बनाउन ढिलाइ हुँदा नागरिकता नपाएकाहरुलाई नागरिकता उपलब्ध गराउन नसकेको बताएका छन्।

    श्रीकृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।



    २०७२ सालमा संविधान बनेपनि समयमै कानुन बनाउन नसक्दा नागरिकता उपलब्ध गराउन नसकेको उनको भनाइ छ।



    उनले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताए। उनले नागरिकता विधेयकमाथि अनावश्यक चर्चापरिचर्चा नगर्न आग्रह गरे।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार