काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन।
शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।
पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान १० बजेतिर माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो।
अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य गर्ने भएको हो।