Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आज बिहान साढे ३ बजे काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको लयाटी बिन्द्रासैनीका २५ वर्षीय सरोज रोकाया र काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077