Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।

दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो ।

ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरूले नाटोको प्रतिक्रिया बुझ्नका लागि फिनल्याण्डको आकाशमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।

रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको वायु सेनाले पनि अपरेशनल उडानलाई तम्तयार बनाएको थियो ।

रुससँग १३ सय किलोमिटर सीमा जोडिएको फिनल्याण्डले गत महिना मात्रै नाटो सदस्यता लिएपछि रुस फिनल्याण्डसँग पनि क्रुद्ध रहँदै आएको छ । फिनल्याण्ड र स्वीडेनले नाटो सदस्य लिएपछि रुसले बाल्टिक क्षेत्रमा आफ्नो शक्ति तैनाथ गर्ने चेतावनी दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077