Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

    वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजकाट सुरु हुँदै छ ।

    ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो ।



    भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।



    भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।

    बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।

    भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार