Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर

    भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतीय हाँस्य व्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भिर भएको छ ।

    ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो ।



    श्रीवास्तवलाई १० अगस्टमा करसत गर्दै गर्दा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरेर उनलाई सोही दिन राति ‘एंजिययोप्लास्टी’ गरेर उपचार गरिएको थियो। त्यसपश्चात पनि उनको होस नआएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखेर निगरानी गरिएको थियो।



    बुधबार राति उनको स्वास्थ्यमा केही सुधार आएको जस्तो देखिएपछि एक घण्टाका लागि भेन्टिलेटर सपोर्ट हटाइएको थियो। तर, पुनः उनलाई ज्वरो आउनेजस्ता समस्या देखिएपछि भेन्टिलेटर सपोर्टमै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार