Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • २० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाउने

    २० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाउने

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौँ । एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भएको छ ।

    केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।



    प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले १२ भदौभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने र प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने भुसालले जानकारी दिए ।



    यसपछि २० भदौमा बस्ने केन्द्रीय कमिटीले प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको नाम टुङ्गो लगाउने उनले बताए । समानुपातिक र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि उम्मेदवार नाम सिफारिस गर्दा अपनाइनुपर्ने मापदण्ड बैठकले बनाएको छ ।

    मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि पार्टीले ८ वटा मापदण्ड तोकेको हो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार