Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा फेरि उकालो लाग्दै कोरोना सङ्क्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ। भारतबाट नेपाल आउनेहरुमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको हो।

भारतबाट स्वदेश फर्कनेसँगै समुदायमा रहेका व्यक्तिहरूमा पनि संक्रमण देखिन थालेको हो । प्रदेशभरि हाल सक्रिय संक्रमितको संख्या चार सय ६६ छ ।

साउन पहिलो साताबाट यहाँ संक्रमण देखिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार केही दिनसम्म कैलाली, कञ्चनपुरमा मात्रै कोरोना संक्रमण देखिएको थियो, तर अहिले दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएका निर्देशनालयले जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचजना संक्रमितमध्ये एकजनालाई भेन्टिलेटर र एकजनालाई आइसियूमा राखिएको छ ।

पछिल्लो २४ घन्टामा प्रदेशभरि ६१ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित देखिनेमध्ये भारतबाट फर्कनेको संख्या धेरै छ । बुधबार संक्रमण देखिएका ६१ मध्ये ४१ जना भारतबाट फर्केकाहरू हुन् । गौरीफण्टा नाकामा परीक्षण गर्दा २१ जनामा, गड्डाचौकीमा १९ जना र जुलाघाट नाकामा एकजनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077