Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी कारागार चलान

    बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 981
    SHARES

    बैतडी । बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुखलाइ कारागार चलान गरिएको छ ।

    बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।



    कैलाली घर भइ पुर्चौडीमा मजदुरी गर्दै आएकी महिलाले गत असार २० गते पानी माग्ने निहुँमा आफूलाई नेगीले जबरजस्तीकरणी गरको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्।



    सोही जाहेरीको आधारमा निवर्तमान क्याम्पस प्रमुख नेगी साउन १ गते पक्राउ परेका थिए। क्याम्पस प्रमुख पदको जिम्मेवारीमा रहेका नेगीले बलात्कारको आरोप लागेपछि असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार