काठमाडौं । सांसद भरत शाहले नागरिकविहीनका लागि नागरिकता विधेयक ल्याएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद शाहले यस्तो बताएका हुन्।
उनले भने,’नागरिकताविहीनहरुलाई नागरिकता उपलब्ध गराउन विधेयक ल्याएका हौं। यसमा राष्ट्रपतिले विचार गर्नुपर्थ्यो। त्यसो गर्नु भएन।’ नागरिकता नपाएर गाउँमा लाखौं युवायुवतीहरु भौतारिरहेको भन्दै उनले आपत्ती जनाए।
उनले राष्ट्रपति सबै जनताको अभिभावक भएको र सबै जनताको समस्या हेर्नुपर्ने बताए।
Leave a Reply