Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक जारी छ ।

बुधबारदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा छलफल भएको छ ।

चुनावको तयारी, उम्मेदवारको मापदण्ड, उम्मेदवार चयन गर्ने प्रकृया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्ताव गरिएको छ । सोही प्रस्तावमाथि छलफल सुरु भएको जसपा राजनीतिक समितिका सदस्य सीपी सिंहले बताए ।

छलफलमा पाँच दलीय गठबन्धनको औचित्य, पाँच दलीय गठबन्धनले अगामी चुनावमा जसपालाई हुने फाइदा, बेफाइदाको विषयमा पनि चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077