Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाको १२औँ टोली सुडान प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको टोली पश्चिम सुडान प्रस्थान गरेको छ ।

दक्षिण सुडानमा कार्यरत श्रीजंग गणको ११औँ डफ्फालाई बदली गर्न बिहीवार बिहान शेर गण (शान्ति सेना) १२ औँ डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली सेनाले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार टोलीको नेतृत्व प्रमुख सेनानी मदनजंग कार्कीले गरेका छन् । कार्कीको नेतृत्वमा २३३ जना नेपाली शान्ति सैनिकको टोली राष्ट्र संघको चार्टर विमानमार्फत मिसन इलाका प्रस्थान गरेको हो ।

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनामा योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077