काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकको छलफल प्रतिनिधिसभामा कसरी गर्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।
एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको हो । संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।
तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।
Leave a Reply