Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपत्यकामा एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही

    उपत्यकामा एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् ।



    यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार