Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सम्मका लागि स्थगित भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक सारिएको हो ।

प्रचण्ड आज बिहान पार्टी केन्द्रीय कार्यालयमा रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी थिए । १० बजे सत्ता गठबन्धनको बैठकमा समेत सहभागी हुनुपर्ने भएपछि बैठक धकेलिएको हो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077