Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पदाधिकारी टुंगो लगाउन माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज बिहीबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077