Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ । प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ ।

    भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने छन् । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।



    हिजो मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।



    नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार