Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • सिसडोल र बञ्चरेडाँडामा फोहोरका गाडी नरोक्नुहोस्, आउनुहोस् सबै बसेर छलफल गरौँ : गगन थापा

    सिसडोल र बञ्चरेडाँडामा फोहोरका गाडी नरोक्नुहोस्, आउनुहोस् सबै बसेर छलफल गरौँ : गगन थापा

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गरिने सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय नेतृत्वलाई आग्रह गरेका छन् ।

    उनले बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय तहको नेतृत्वलाई आग्रह गरेका हुन् ।



    महामन्त्री थापाले अन्य राजनीतिक दलका स्थानीय नेता–कार्यकर्तालाई पनि अवरोध हटाएर समाधान खोज्ने कार्यमा सघाउन पनि आग्रह गरेका छन्।



    ‘पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु– हाम्रा कुनै पनि तहको कोही साथी अवरोधमा संलग्न नहुनुस्, समाधानका लागि सक्रिय हुनुहोस्,’ उनले भनेका छन्, ‘अन्य दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छु–अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’

    महामन्त्री थापाले काठमाडौँ फोहोरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहे महामारी फैलिन सक्ने सम्भावना रहेको पनि उल्लेख गरेका छन्।

    यस्तो छ थापाको स्ट्याटस :

    काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिस डोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।

    निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ-हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ।विश्वास गरौँ।

    कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो।

    प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ। हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ।

    नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु-पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ-‘अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’

    सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार