Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • पछिल्लो १४ वर्षमा विदेश गएका झण्डै ११ हजार श्रमिकले गुमाए ज्यान

    पछिल्लो १४ वर्षमा विदेश गएका झण्डै ११ हजार श्रमिकले गुमाए ज्यान

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।

    अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।



    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।



    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

    समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।

    यसैबीच वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ ।

    सबैभन्दा बढी गत आर्थिक वर्ष २०७८/७९ मा नेपाली कामदारको विदेशी भूमिमा मृत्यु भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनामा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार