Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभामा माओवादीको ६० सिट दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ ।

माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ । ‘हाम्रो दाबी ६० सिट हो ।

त्यही अनुसार कार्यदलमा हाम्रा साथीहरुले धारणा राख्नुहुन्छ,’ एक नेताले भने ।

२०७४ चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच ६०-४० को भागबण्डा भएको थियो । जस अनुसार माओवादीले ६० सिटमा उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077