Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पालिकाका जनप्रतिनिधिका लागि शेखर कोइरालाले आयोजना गरे चियापान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् ।

नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका प्रतिनिधिलाई कोइरालाले चियापानमा सहभागी हुन आग्रह गरेका थिए ।

कार्यक्रममा पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखसहित कोइराला निकट नेता कार्यकर्ताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077