Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाश भन्छन् - झापाबाटै उम्मेदवार बन्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने बताएका छन्।

मंसिर ४ गते हुने निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने बताएका हुन्।

उनले काठमाडौ ५ मा चुनाव प्रचारमा पुगेपनि उम्मेदवार नबन्न प्रष्ट पारेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘फेरि प्रस्ट्याऊँ। वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो।

काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न।'

०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077