Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • जबराविरुद्ध महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दै

    जबराविरुद्ध महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

    महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्न लागेको हो ।



    पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभाले साउन २२ मा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि बैठक बस्न सकेको थिएन।



    जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार