Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै, खाका पेस गर्दै सिटौला

    सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै, खाका पेस गर्दै सिटौला

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 939
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    आजको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने तयारी गरिएको छ । बुधबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको खाका पेस गर्नेछन्।



    यसअघि सोमबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।



    तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने भएको छ ।

    गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार