काठमाडौं । निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।
मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्न थालेको हो ।
दल दर्ताको निवेदन दिएका सबै दलहरुको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भएरनभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।
दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिनेछ । त्यसपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ । आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो ।
अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ । सबै परीक्षणपछि दलहरुलाई दर्ताका लागि आयोगमा पेस गरिनेछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।