काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाअभियोग सिफारिस समितिको बैठक आह्वान भएको छ ।
महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेछ ।
महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने विजनेश छ । विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।
बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताइएको छ ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।
Leave a Reply