Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माधव नेपालसँग एकता गर्ने माओवादीको तयारी

    माधव नेपालसँग एकता गर्ने माओवादीको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 984
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसहित वामपन्थीहरू मिलेर पार्टी एकताको तयारी भइरहेको बताएका छन् ।

    मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले एकताका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने तयारी गरिएको पनि बताएका हुन् ।



    उनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै रहने उनको भनाई छ । नेकपा पछाडि समाजवादी रहनसक्ने उनले जानकारी दिए ।



    उनले भने, ‘हामी अरु पनि वामपन्थीहरुसँग जस्तो माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं ।’

    नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई, महिन्द्रराय यादवसँग र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आउँदो आमनिर्वाचनमा माओवादी केन्द्रको चुनाव चह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने सहमति बनिकसेको छ ।

    नेसपा र माओवादीबीच एकै चुनाव चिह्नमा चुनाव लड्ने सहमतिबारे मंगलबार निर्वाचन आयोगमा जानकारी गराएपछि दुई पार्टीका शीर्ष नेताबीच पेरिसडाँडामा वार्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार