Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आङ सान सुकीलाई थप छ वर्ष जेल

    आङ सान सुकीलाई थप छ वर्ष जेल

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय तोएको छ ।

    आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ ।



    ७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेकी थिइन्।



    आङ सान सुकी र उनका सहयोगीहरूविरुद्ध लगाइएका धेरै आरोपहरू सुकीलाई चुनावमा अलोकप्रिय बनाइ राजनीतिबाट हटाउने प्रायास भएको विश्लेषकहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार