Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ ।

सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको समय दिएको थियो । उक्त समयावधि आज मंगलबार सकिँदै छ ।

दद दर्ताको अन्तिम दिन मंगलबार अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077