Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एउटै चुनाव चिह्न प्रयोग गर्न माओवादी केन्द्र र नेसपाले आयोगमा दिए निवदेन

काठमाडौं । आगमी संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले मंगलबार दिउँसो निर्वाचन आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ ।

अब नेपाल समाजवादी पार्टीका उम्मेदवारले माओवादीको चुनाव चिह्न लिएर चुनावमा जाने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077