Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठक : नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय

    गठबन्धन बैठक : नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 927
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

    काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताबीच भएको छलफलले उक्त निर्णय गरेको हो ।



    राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो ।



    बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताए ।

    १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार