Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ठेकेदारहरुको लापरवाहीकै कारण देशको विकास अवरुद्ध भयो : लालबाबु पण्डित

    ठेकेदारहरुको लापरवाहीकै कारण देशको विकास अवरुद्ध भयो : लालबाबु पण्डित

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । सांसद लालबाबु पण्डितले देश विकासको गति जुन ढंगले अगाडि बढ्नुपर्ने हो त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पण्डितले यस्तो बताएका हुन् ।ठेकेदारहरुको लापरवाहीकै कारण देशको विकास अवरुद्ध भएको उनको भनाइ छ।



    ठूला ठेकेदारहरुले ठेक्कापट्टा कब्जा गर्ने र काम नगर्ने नीति अपनाएकै कारण विकासको गति अगाडि बढ्न नसकेको उनले बताए।



    उनले भने,’ देश विकासको काम तीव्र गतिले अगाडि बढेन। किन भने ठूला ठेकेदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीतिअन्तरगत रहे। काम गर्ने नीतिअन्तर्गत रहेन। त्यसकारण विकास अवरुद्ध भएको छ।’

    उनले ठूला उद्योग र व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लिँदा साना व्यवसायीहरु धरासायी हुँदै गएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार