Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै प्रचण्ड र बाबुराम

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज आयोगको कार्यालय जान लागेका हुन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि मंगलबार सकिँदैछ।

आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ । आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077