Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो । जारी स्थायी कमिटी बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल हुनेछ ।

साथै, आजको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको बारेमा पनि छलफल हुने बताइएको छ ।

भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकमा छलफल हुने र अनुमोदन भएको खण्डमा सोही अनुसार निर्वाचन आयोग जाने गरी निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077