Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयोगले दल दर्ताका लागि दिएको समयावधि आज सकिँदै, कांग्रेस अझै दर्ता भएन

काठमाडौं । निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि आज सकिँदैछ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको थियो ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता गरेको छैन ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ ।

नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077