Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेस बराबरीमा रोकियो

    इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेस बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

    उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।



    क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२औँ मिनेटमा गोल गरे ।



    लिभरपुलका लुइस डियाजले खेलको ६१औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग दुई–दुई गोलको बराबरी खेलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार