Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिदेखि १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्दै नेपाली र अमेरिकी सेना

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले भोलिदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

२०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने भएको हो । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको नेपाली सेनाले जनाएको छ ।

दुई देशको सेनाले साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम गर्न लागेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रिया लगायत विषयमा केन्द्रित हुने तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् ।

तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज नेपाल आइपुगको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077