Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सिट बाँडफाँड कार्यदलको बैठक निष्कर्षबिहीन

    सिट बाँडफाँड कार्यदलको बैठक निष्कर्षबिहीन

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक निष्कर्षबिहीन सकिएको छ ।

    बालुवाटारमा बसेको बैठक बुधबार अपराह्न ४ बजे बस्नेगरी निष्कर्षबिहीन सकिएको हो ।



    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा चाँडो भन्दा चाँडो आफूहरूले पाएको जिम्मेवारी पूरा गर्न कामलाई व्यवस्थित गर्नेबारे छलफल भएको छ ।



    उनका अनुसार सिट बाँडफाँटका लागि ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाइने छ ।

    कार्कीले सिट बाँडफाँडको टुंगो चाँडै लाग्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार