Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी तालमेल गर्ने राप्रपाको निर्णय, राजेन्द्र लिङ्देनलाई सम्पूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको हो ।

चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ। त्यस्तै बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।

राप्रपाले घोषणापत्र तयारीका लागि प्रा. डा.गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा. डा.जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077