Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नाबालिकालाई वेश्यावृत्तिमा लगाउने चिनीमाया लिम्बू ४ लाख धरौटीमा छुटिन्

    नाबालिकालाई वेश्यावृत्तिमा लगाउने चिनीमाया लिम्बू ४ लाख धरौटीमा छुटिन्

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । खाजाघरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने चिनीमाया लिम्बू ४ लाख धरौटीमा छुटेकी छन् ।

    मानव बेचविखन ब्यूरोले साउन १ गते २ जना नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनलाई पक्राउ गरेको थियो ।



    उनले टोखा नगरपालिका– ९ मा रहेको खाजा पसलमा ति नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ । उनलाई जिल्ला अदालत काठमाडौंले साउन १६ गते ४ लाख धरौटीमा छाडेको ब्यूरोले जनाएको छ ।



    चिनीमायाले खाजा पसलमा प्रतिव्यक्ति १ हजार रुपैयाँ लिएर धन्दा चलाएको प्रहरीको आरोप थियो । उनले ती नाबालिकालाई खाना मात्र दिएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको र उनले बाहिर भनेमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको प्रहरीले जनाएको थियो ।

    उनलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार कारवाहीको दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार