Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गरौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हु्न् ।

काठमाडौंका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताए।

उनले भने, ‘काठमाडौंको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ।’

थापाले फोहोरको समस्या समाधान गर्नका लागि सबैजना पहिले एक ठाउँमा आएर छलफल गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077