Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, निर्वाचन सुरक्षा योजना पेश

    गृहमन्त्री खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, निर्वाचन सुरक्षा योजना पेश

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 966
    SHARES

    काठमाडौं । निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको हो ।

    बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन केन्द्रित सुरक्षा योजना पेश गरेका छन् । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त बनाउने निर्णय गरेको छ ।



    सबै सुरक्षा निकायले तयार पारेको सुरक्षा योजनाका आधारमा एकीकृत सुरक्षा योजना तयार पारिने बताइएको छ । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी भएका थिए ।



    बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी थिए ।

    सरकारले मंसिर ४ का लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार