Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठक स्थगित भएको छ ।  आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक सरेको बताइएको छ ।

आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077