Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपत्यकामा एकैदिन झण्डै ३ हजार सवारी चालकमाथि कारवाही

    उपत्यकामा एकैदिन झण्डै ३ हजार सवारी चालकमाथि कारवाही

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।



    यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार