काठमाडौं । विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समिक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो ।
त्यसै गरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन् । यो समिति मंसिर ४ गते हुने निर्वाचनमा दल दर्ता प्रयोजनका लागि गठन भएको हो ।
विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू भने विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको बताइएको छ ।
Leave a Reply