Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइराला पुगे सभापति देउवालाई भेट्न बालुवाटार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

आफ्ना समूहका नेताहरुसँग बिशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफल रोकेर कोइराला देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई बोलाएका थिए । देउवा र शेखरबीच भएको छलफलको विषय भने खुलेको छैन ।

सत्ता गठबन्धन र कांग्रेसभित्र आगामी संघ र प्रदेश चुनावको लागि सिट बाँडफाँडमा रस्साकस्सी भइरहेको छ । काँग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्य सत्ता गठबन्धनमा १०० सिट दाबी गर्दै आएको छ।

नेकपा माओवादी केन्द्रले काँग्रेसलाई ८० सिट दिने बताएको छ । सत्ता गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलागिसकेको अवस्थामा नेता शेखर कोइराला समूहले ४० सिट दाबी गरेको छ । यसै बिषयमा छलफल गर्न कोइराला देउवालाई भेट्न बालुवाटार पुगेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077