Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • वेवास्ता गरे निर्वाचन बहिस्कार गर्ने चेतावनी

    बञ्चरेडाँडामा फोहोर फाल्न नदिने सत्तारुढ तीन दलका स्थानीय प्रतिनिधिको घोषणा

    बञ्चरेडाँडामा फोहोर फाल्न नदिने सत्तारुढ तीन दलका स्थानीय प्रतिनिधिको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर ल्यान्डफिल साइटमा फाल्न नदिने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले घोषणा गरेका छन् ।

    धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।



    विगत १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बन्चरे डाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।



    अव्यवस्थित फोहोरका कारण स्थानीयको जनजीवन कष्टकर बन्नुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्दै गइरहेकाले अब सधैंका लागि सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न बन्द गर्ने उनीहरुले घोषणा गरेका हुन्।

    मानव स्वास्थ्य दैनिक बिग्रँदै गए पनि महानगरपालिकालगायत सरोकारवालाले हलुका रुपमा लिएको उनीहरुको आरोप छ । साथै स्थानीयको समस्यालाई गम्भीरताका साथ नलिइ जनताको स्वास्थ्यमाथि खेलबाड गरे अबको संघ र प्रदेश सभाको निर्वाचनसमेत बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार