Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेलायत पठाउने बाहानामा १५ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । बेलायत पठाउँछु भनेर १५ लाख ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई छन् ।

सामाखुसी बस्दै आएका प्रकाशलाई सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाउँछु भनेर ३ लाखको दरले १५ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

पीडितहरूको जाहेरीका आधारमा वैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरेर उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो ।

आइतबार पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागका उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077